HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

गजल






खुसीमा सम्झियो, पीडामा सम्झियो
छोडेपछि घर छोराले आमा सम्झियो 

विपनामा आफ्नी नभएकी प्रेमिकालाई
एउटा पागल प्रेमीले सपनामा सम्झियो  

पहिले सबलाई छोड्यो, एक्लै अघि बढ्यो
साथीभाइ, आफन्त अप्ठ्यारामा सम्झियो 

पुगेर महलमा हेर्दै हाँस्थ्यो झुपडीलाई 
अमिरले आफ्नो गल्ती चितामा सम्झियो

चौरासी व्यञ्जन हुन्थ्यो परदेशीको अगाडि
खानेबेला गुन्द्रुक सम्झियो, तामा सम्झियो ।

© बिनिता कार्की 


बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION