जिन्दगी हाँस्ने तरखरमा थियो
एक्कासी भुपूको याद बल्झियो
जन्मदिन भव्य मनायो उसले
सबैलाई डाँक्यो, आमा बिर्सियो
जिन्दगी यस्तो क्लाइमेक्समा छ
सर्प नी मरेन तर लौरी भाँचियो
घर छाडेसी छोरो फर्केर आएन
बरु सँगै निस्केको कुकुर फर्कियो
थाहा छैन यो यात्रा कहाँ रोकिन्छ
नजर जूनमा, पाउ चप्पलमा राखियो ।
© बिनिता कार्की
CONVERSATION