HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

गजल: भेटिएको छ कोही ढुङ्गा जस्तो

भेटिएको छ कोही ढुङ्गा जस्तो
अलिकति कठोर तर देवता जस्तो

नजिक गएपछि शीत भनेर चिनेँ
टाढाबाट त देखिन्थ्यो हिरा जस्तो

भए भार, नभए जिन्दगी अन्धकार
हुन्छन् कोही मान्छे चस्मा जस्तो

म दृष्टिबिहिन बनेर हिँड्न तयार छु
के तिमी बनिदिन्छौ मेरो आँखा जस्तो ?

जिन्दगी आफैँमा एउटा घर रहेछ
उतार चढाव चाँही आमा बा जस्तो ।

© बिनिता कार्की

बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION