१. राजधानीमा नयाँ मेडिकल कलेजहरूलाई अनुमति दिन नहुने उहाँको मागलाई पुरा गर्ने हो भने अहिले खुलिसकेका निजी मेडिकल कलेजका मालिकहरूले अर्को आन्दोलन गर्नेछन् भन्ने डर सरकारलाई छ । किनकी ती निजी मेडिकल कलेजबाट हुने प्रत्यक्ष मुनाफाको केहि हिस्सा सरकारी तहका नेतृत्वले पनि उपभोग गर्छन् । त्यसैले यो माग पुरा गर्ने आँट सरकारी संयन्त्रले राख्न सकेको छैन ।
२. विद्यार्थीले योग्यताको आधारमा डाक्टरी पढ्न पाउनु पर्ने र चिकित्सा शिक्षाको शुल्क सरकारले निर्धारण गर्नु पर्ने माग पुरा गर्ने हो भने एकातिर निर्णायक तहमा हुनेले आफ्ना छोराछोरीलाई बिना प्रतिस्पर्धा छात्रवृति उपलब्ध गराउन पाउँदैनन् र अर्कोतिर निजी क्षेत्रको लुटतन्त्रको अवस्था राजतन्त्र जसरी नामेट हुनेछ । त्यैसैले यो माग पुरा गर्नु निर्णायक तहका व्यक्तिका लागि आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर हुनेछ ।
३. नेपालमा निजी मेडिकल कलेज खोल्नेहरूमा मुख्य राजनीतिक दलका संरक्षकहरू नै बढि छन् । यसबाट एमाले, काँग्रेस र माओवादी कोहिपनि अछुतो छैनन् । पार्टीहरूको दैनिकी चल्ने विभिन्न आयस्रोत मध्ये निजी मेडिकल बलेजबाट उठ्ने मुनाफाको हिस्सा पनि एक हो । अनि कुन पार्टिले चाहन्छ र आफ्नो आय आर्जनको बाटो बन्द होस् भनेर ?
हो, शिर्ष नेताहरूको यस्तै स्वार्थका कारण पटक पटक केसीको मागमा सहमतीको हस्ताक्षर गरिन्छ र पटक पटक मिचिन्छ सम्झौता निर्लज्ज ढङ्गले । यदि उहाँको माग पुरा गराई लागु नै गराउने हो भने#IamWithDrKc अभियान अझै सशक्त रुपमा अघि बढ्नु जरुरी छ ।
CONVERSATION