HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

गजल

सजिलै भन्छौ तिमी सपना सजाउनु पर्छ
सपना देख्न पनि त आँखा निदाउनु पर्छ

अघिपछि हामीलाई भुसुक्कै बिर्सिन्छ देशले 
सम्झनलाई त विपद् या चुनाव अाउनु पर्छ

स्वतन्त्रता र अधिकार त ठूलाबडालाई हो
हामी त जनता हौँ यार, बोल्न डराउनु पर्छ

बोलेकी थिएँ ऊसँग सिधा नजर जुधाएर
भन्यो 'तिमी त नारी हौ, थोरै सर्माउनु पर्छ'

थाहा छैन खुसी हुन केके चाहिन्छ तिमीलाई
मलाई त मेरो अगाडि आमा मुस्काउनु पर्छ ।


२०७४ पाैष २६

बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION